नियम
निजामती सेवा नियमावली, २०५० को नियम ३क. मा संशोधन

निजामती सेवा नियमावली, २०५० (यसपछि “मूल नियमावली” भनिएको) को नियम ३क. को,–
(१) उपनियम (४) को सट्टा देहायको उपनियम (४) राखिएको छ ः–

“(४) ऐनको दफा ७२क. बमोजिमको नेपाल सरकार समक्ष पेश भएको व्यवस्थापन
परीक्षणको वार्षिक प्रतिवेदन सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरी व्यवस्थापन
परीक्षण गरिएको निकायमा पठाउनेछ । त्यस्तो प्रतिवेदनमा उल्लिखित कैफियत, सुझाव
वा अनियमितता फछ्र्यौट गर्ने दायित्व सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखको
हुनेछ ।”

(२) उपनियम (४) पछि देहायको उपनियम (५) थपिएको छ ः–

“(५) उपनियम (४) बमोजिमको प्रतिवेदनमा उल्लिखित कैफियत, सुझाव वा
अनियमितता फछर्याैट नगर्ने विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई सामान्य प्रशासन
मन्त्रालयले अवधि तोकी फछ्र्यौटको लागि लेखी पठाउनेछ । यसरी तोकिएको अवधि भित्र
त्यस्तो कैफियत, सुझाव वा अनियमितता फछ्र्यौट नगर्ने विभागीय प्रमुख वा कार्यालय
प्रमुखलाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ ।”